आयल निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दाससहित तीन जना दोषी ठहर
मेयरसाप डेस्क
|
२०८२ माघ ३० गते १३:५१
काठमाडौं। नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित तीन जना भ्रष्टाचार मुुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश विदुर कोइरालाको इजलासले निगमका प्रमुख दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवाना हुने फैसला सुनाएको हो ।
अदालतले दाससहित तीन जनालाई ५ महिना कैद र जरिवाना हुने फैसला सुनाएको छ। अदालतले आयल निगमका गण्डकी प्रदेशका प्रमुख चित्तरञ्जन दास, निर्मल थापा र बाबुराम जमरकट्टेललाई जनही ५ महिना कैद हुने ठहर गरेको छ । तीन जनालाई बिगोको आधा रकम (रु.२,२४,२६२.९१) लाई दामासाहीले भाग लगाउँदा हुने जनही ५६ हजार ६५ रुपैयाँ ७२ पैसा जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ । साथै पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन समेत आदेश दिएको छ ।
यसै मुद्दामा गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटको हकमा भने बदनियत राखेको वा मिलेमतो गरेको वस्तुनिष्ठ प्रमाण नपुगेको भन्दै उनीहरूलाई सफाइ दिएको छ । उनीहरूमाथि अवैध रूपमा डिजेल कारोबार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
Facebook Comments