Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

कार्यसम्पादन मूल्यांकनः बाजुरामा हिमाली गाउँपालिका शीर्ष स्थानमा, बडीमालिका कमजोर

User Image गोविन्द तिमिल्सेना | २०८२ माघ ३० गते १४:२७
Image of https://mayorsap.com/storage/photos/shares/himali1.jpeg

बाजुरा । बाजुराका नौं वटा स्थानीय तहमध्ये दुर्गम हिमाली गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा अगाडि देखिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार अन्य ८ स्थानीय तहमध्ये हिमाली गाउँपालिका शीर्ष स्थानमा देखिएको हो ।

हिमाली सबैभन्दा बढी ६५.६९ अंकसहित शिर्ष स्थानमा छ । त्यस्तै सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका कमजोर अंककाका साथ अन्य स्थानीय तहमध्ये पुछारमा छ ।बडीमालिकाको ४८.०९ अंक छ ।

साथै गौमुल गाउँपालिकाले ६४.३३,अंक सहित दोस्रो स्थानमा छ । क्रमशः बुढीगंगा नगरपालिकाले ५९.५१, त्रिवेणी नगरपालिकाले ५६.८६ अंक प्राप्त गरेको छ । स्वामीकार्तिक खापर गाउँपालिकाले ५५.८१, खप्तड छेडेदह गाउँपालिकाले ५५.५२, जगन्नाथ गाउँपालिकाले ५३.४३ र बुढीनन्दा नगरपालिकाले ४८.८४ अंक प्राप्त गरेको छ ।

१० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको उल्लेख सहित आयोगले स्थानीय तहका हकमा कुल १७ सूचाकमा मूल्यांकन गरेको हो ।


Facebook Comments