वीर अस्पतालमा पनि स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती
मेयरसाप डेस्क
|
२०८२ माघ ३० गते १४:४३
काठमाडौं। वीर अस्पतालले स्वास्थ्य बीमाबाट उपलब्ध हुने सेवा कटौती गरेको छ । दीर्घरोगका बिरामीलाई बीमा मार्फत तीन महिनासम्मका लागि दिँदै आएको औषधि अब एक पटकमा एक महिनासम्मका लागि मात्रै दिने निर्णय गरेको हो ।
अस्पतालले विज्ञप्ति जारी गर्दै फागुन १ देखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्म एक महिनाका लागि मात्रै बिमित सदस्यलाई औषधि उपलब्ध गराउने जानकारी गराएको छ ।
बीमा मार्फत ४० करोडभन्दा बढी रकम लिन बाँकी रहेको र बीमा बोर्डले लामो समयदेखि भुक्तानी नदिएका कारण सेवा कैटाती गर्नुपरेको अस्पतालले जनाएको छ ।
Facebook Comments