Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

भोट माग्दै अर्जुन कार्कीले भने–संखुवासभाले सिंगो नेपाललाई पाल्न सक्छ, त्यसमा म काम गर्न चाहन्छु

User Image मेयरसाप डेस्क | २०८२ माघ ३० गते १७:२७
Image of https://mayorsap.com/storage/photos/shares/photo-2-540d6dd7.png

संखुवासभा । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेका तर्फबाट संखुवासभाका उम्मेदवार डा.अर्जुन कार्कीले संखुवासभाले सिङ्गो नेपाललाई पाल्न सक्ने दाबी गरेका छन् ।

हालै चुनावी अभियानका क्रममा माङ्सिमा र मकालु क्षेत्रमा पुगेर स्थानीयहरुसँग साक्षात्कार गर्दै उनले भने, ‘म संखुवासभालाई देश तथा विदेशमा चिनाएर जिल्लाबासीका निम्ति दुःख–सुखमा साथ दिन चाहन्छु । हाम्रो जिल्लाले सिंगो नेपाललाई पाल्न सक्छ । संखुवासभा जलविद्युतको राजधानी हो, यहाँको जलविद्युतबाट सिंगो नेपाललाई पाल्न सक्छौं भन्नेमा विश्वास दिलाउन चाहन्छु । नेपाल बनाउने काममा म भूमिका निर्वाह गर्न चाहन्छु, यसका लागि मलाई विजयी गराउनुहोला ।’

विगतका काम, सामाजिक विकासमा योगदान र वर्षौंदेखिको सम्बन्धलाई स्मरण गर्दै उनले चुनावका बेला मात्रै होइन, वर्षौंदेखिको सहकार्य र विश्वासको सम्बन्ध कायम राख्ने पनि बताए । आफू जिते पनि हारे पनि सधैं जनताको साथमै रहने विश्वास व्यक्त गरे । उनले विकास, सुशासन र जनउत्तरदायित्वलाई प्राथमिकता दिने प्रतिबद्धता पनि जनाए ।

एमालेबाट उम्मेदवार बनेका डा.कार्की नेपालका अनुभवी कूटनीतिज्ञ, विकास चिन्तक तथा लोकतान्त्रिक अभियन्ता हुन् । संखुवासभामा जन्मे हुर्केका उनले तीन दशकभन्दा बढी समयदेखि गरिबी निवारण, सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार र दिगो विकासका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।


Facebook Comments