नेपाल प्रहरीद्वारा १०४ जना निर्वाचन प्रहरीमाथि कुटपिट, धेरैजसोको ढाड र तीघ्रामा नीलडाम
मेयरसाप डेस्क
|
२०८२ फागुन १ गते ११:३०
रोल्पा । रोल्पामा नेपाल प्रहरीले १०४ जना निर्वाचन प्रहरीमाथि कुुटपिट गरेको घटना बाहिर आएपछि चौतर्फि आलोचना भइरहेको छ । गत सोमबार रोल्पा नगरपालिका–४ लिबाङको ४ नम्बर टोलीका १०४ जना निर्वाचन प्रहरीहरुलाई नेपाल प्रहरीका कर्मचारीले गम्भीर चोटपटक लाग्ने गरी कुुटपिट गरेको खुुलेको हो ।
कुटपिटबाट गम्भीर चोट लाडेका १६ जनालाई उपचारका लागि रोल्पा अस्पताल रेउघा पुर्याइएको थियो । उपचारपछि उनीहरुको डिस्चार्ज भइसकेको छ । कुुटपिटमा परेका अधिकांश निर्वाचन प्रहरीको ढाड र तीघ्रामा नीलडाम रहेको पाइएको छ । जिल्ला प्रहरीका अधिकारीले कुटपिटमा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्ने आश्वासन दिएपछि घटना गुुपचुुप भएको थियो । तर कारबाही नभएको शंका पाएपछि अहिले निर्वाचन प्रहरीले नै घटना बाहिर ल्याएका हुुन् ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले पनि घटना भएको स्वीकार गरेका छन् । अपशब्द बोलेर नेपाल प्रहरीको अपमान गरेपछि अनुुशासन सिकाउनका अलि कडाइ गरेको विश्वकर्माको तर्क छ । उनले कुटपिटमा संलग्न प्रहरी जवानलाई विभागीय कारबाही गरिसकेको समेत दाबी गरेका छन् ।
Facebook Comments