Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

विश्वकपमा आज वेस्ट इन्डिजसँ खेल्दै नेपाल

User Image मेयरसाप डेस्क | २०८२ फागुन २ गते ०९:२९
Image of https://mayorsap.com/storage/photos/shares/t-20-world-cup.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाली टोली आज वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

समूह चरणका सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि बाँकी खेलहरू अत्यन्तै महत्वपूर्ण बनेका छन्। प्रतियोगितामा टिकिरहन नेपाललाई जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर–८ मा पुग्ने संघारमा रहेको छ । आजको खेल जितेमा वेस्ट इन्डिज अर्को चरणमा पुग्नेछ भने नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिनेछ ।

वेस्ट इन्डिजले दुई पटकको टी–२० विश्वकप जितिसकको छ । उसले सन् २०१२ र २०१६ मा उपाधि जितेको थियो । आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरियतामा वेस्ट इन्डिज सातौं स्थानमा छ र कप्तान शाइ होपको नेतृत्वमा रहेको टोली पावर हिटिङका लागि परिचित छ ।

आजको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेलमाथि फेरि ध्यान केन्द्रित हुनेछ । साथै दीपेन्द्रसिंह ऐरीबाट अलराउन्ड प्रदर्शनको अपेक्षा गरिएको छ । बलिङतर्फ सन्दीप लामिछाने निर्णायक हुने अपेक्षा गरिएको छ ।


Facebook Comments