शिवरात्रिका दिन पशुपतिनाथमा भक्तजनको भीड
मेयरसाप डेस्क
|
२०८२ फागुन २ गते १०:१२
काठमाडौं । फाल्गुन कृष्ण चतुर्दशीका अवसरमा आज देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । आजको दिन भगवान् शिवको पूजा, आराधना र व्रत बस्ने चलन रहेकाले देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ । सबैभन्दा बढी भीड आज पशुपतिनाथ मन्दिर क्षेत्रमा देखिएको छ । बिहानैदेखि दर्शनार्थी, साधुसन्त र तीर्थयात्रीहरूको चहलपहल बढेको छ भने छिमेकी देश भारतबाट समेत हजारौँ भक्तजन यहाँ आएका छन् ।








Facebook Comments