रास्वपाको वाचापत्र सार्वजनिक, अर्थतन्त्र १०० अर्ब डलर पुर्याउने लक्ष्य
'लाइन होइन अनलाइन' र 'दलमुक्त राज्य संयन्त्र'
मेयरसाप डेस्क
|
२०८२ फागुन ६ गते १५:१०
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘नीतिगत प्रस्थानका १०० आधार’ समेटिएको आफ्नो चुनावी वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ ।
बिहीबार सुर्खेतमा आयोजित विशेष समारोहमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र उपसभापति डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा उक्त दस्तावेज सार्वजनिक गरेका हुन् ।
रास्वपाले अबको ५ देखि ७ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलर पुर्याउने र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने महत्वाकांक्षी योजना अघि सारेको छ ।
बाचापत्र प्रस्तुत गर्दै डा. वाग्लेले फागुन २१ पछि बन्ने सरकारले जेठ १५ को बजेट यिनै १०० बुँदाका आधारमा ल्याउने दाबी गरे । ‘लाइन होइन अनलाइन’ र ‘दलमुक्त राज्य संयन्त्र’लाई रास्वपाले सुशासनको मुख्य आधार बनाएको छ ।
समारोहमा काठमाडौंका मेयर बालेन शाह रास्वपाको वरिष्ठ नेताका रूपमा मञ्चमा देखिनुलाई पुस्तान्तरणको राजनीतिको नयाँ मोडका रूपमा व्याख्या गरिएको छ ।
पार्टीले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन बाधक देखिएका दर्जनौँ ऐनहरू खारेज गर्ने र वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने मिसन मोडको घोषणा गरेको छ ।
Facebook Comments