Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

कलेज जाने युवतीलाई पछ्याएर दुर्व्यवहार गर्ने युवक पक्राउ

सीसीक्यामेरा फुटेजले खोल्यो पोल

User Image मेयरसाप डेस्क | २०८२ फागुन ६ गते १४:५०
Image of https://mayorsap.com/storage/photos/shares/keti-jiskaune.jpg

काठमाडौं । काठमाडौंको कुलेश्वर र कालीमाटी क्षेत्रमा कलेज पढ्न हिँड्ने युवतीहरूलाई पछ्याउँदै अश्लील क्रियाकलाप र दुव्र्यवहार गर्ने एक युवक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बाजुराको बडिमालिका नगरपालिका–३ घर भई हाल सुनारगाउँ बस्ने २५ वर्षीय गोपाल खड्कालाई बिहीबार साँझ ललितपुरको कुपण्डोलबाट नियन्त्रणमा लिएको हो ।

कार्यालयका एसएसपी रामेश्वर कार्कीका अनुसार, खड्काले लामो समयदेखि बिहान ६ देखि साढे ६ बजेको आसपासमा कलेज जाने युवतीहरूलाई एकान्तमा पछ्याउने र अश्लील हर्कत गरेर आतंकित पार्ने गरेका थिए ।

कलेज पढ्ने एक युवतीले उजुरी दिएपछि प्रहरीले सो क्षेत्रका सीसीक्यामेरा फुटेजहरूको सुक्ष्म अध्ययन गरेको थियो । प्रहरीले सीसीक्यामेराबाट युवकको हर्कत र पहिचान पुष्टि गर्ने भिडियो फेला पारेपछि उनलाई पक्राउ गरेको हो ।


Facebook Comments