Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

लागुपदार्थसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ फागुन ७ गते ०७:३९
Image of https://mayorsap.com/storage/photos/shares/laguausadh-durbesan.jpeg

काठमाडौं । देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाबाट दुई, मोरङबाट एक, सिरहाबाट तीन, कास्कीबाट तीन, बाँकेबाट तीन, कैलालीबाट दुई र मकवानपुरबाट दुई जनालाई पक्राउ गरिएको हो ।
 
अभियुक्तहरुबाट खैरो हिरोइन र चिकित्सकको पूर्जीबिना खरिदबिक्री गर्न नपाइने प्रतिबन्धित विभिन्न किसिमका औषधि बरामद गरिएको छ । नियमित सुरक्षा गस्तीका क्रममा प्रहरीले उनीहरुलाई बुधबार र बिहीबार पक्राउ गरेको हो ।  


Facebook Comments