Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

User Image मेयरसाप डेस्क | २०८२ फागुन ७ गते ०७:४६
Image of https://mayorsap.com/storage/photos/shares/diwas-1.JPG

काठमाडौं । आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अन्तरराष्ट्रिय श्रम सङ्गठन 'आईएलओ'को तत्वावधानमा यो दिवस मनाइन्छ । 

सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित गरेअनुसार सन् २००९ देखि हरेक वर्ष फेब्रुअरी २० मा यो दिवस मनाउने निर्णय भएको हो । 

सामाजिक न्याय, समान अवसर, श्रम अधिकार र गरिमायुक्त कामको प्रवर्द्धनका लागि विश्व समुदायलाई एकजुट हुन आह्वान गर्नु  यो दिवसको मुख्य उद्देश्य हो ।


Facebook Comments