कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै
पार्टीभित्रका आन्तरिक विवादमा छलफल हुने
मेयरसाप डेस्क
|
२०८२ फागुन ७ गते ०९:४७
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बिहान १० बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
पार्टीभित्र देखिएका अनुशासनसम्बन्धी विषयहरूमा छलफल गर्न बोलाइएको बैठकमा पछिल्लो समय देखा परेको आन्तरिक विवाद, विद्रोही उम्मेदवारहरूको स्थिति तथा विगतका अनुशासन कारबाहीका फाइलहरूलाई विशेष एजेन्डा बनाइएको छ।
केन्द्रीय कार्यालयका अनुसार बैठकमा छलफल हुने निर्णयले पार्टीको आन्तरिक अनुशासन र संगठनात्मक व्यवस्थापनमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Facebook Comments