चितवन–२ चुनावी ‘ट्विष्ट’: रविको उभार, मीना बाधक, अंकगणितले के भन्छ ?(भिडियोसहित)
मेयरसाप डेस्क
|
२०८२ फागुन ७ गते ११:५६
परम्परागत दलको किल्लामा राजीतिक हमला गर्दै आएका रास्वपा सभापति रवि लामिछाने चितवन –२ मा तेस्रो पटक घण्टी बोकेर खडा भएपछि यो क्षेत्र राजनीतिक ‘हटस्पट’ बनेको छ । अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर १ र २ जितेर पकड बनाएको रास्वपाले यस पटक सोविता गौतमलाई क्षेत्र नम्बर ३ मा अघि सार्दै चितवन कब्जाको रणनीति लिएको देखिन्छ ।
तीन क्षेत्रमध्ये सबैभन्दा ठूलो भिडन्तको केन्द्र चितवन २ हो, जहाँ स्वयम रवि लामिछाने र कांग्रेसकी मिना खरेल आमने सामने हुुँदैछन् । यो क्षेत्र आगामी निर्वाचनको इपिसेन्टर बन्ने संकेत देखिएको छ । एकातिर दुइ पटक भारी मतान्तरले विजयी भएका लामिछाने छन् भने अर्कोतिर सामाजिक अभियान्ताको छविलाई राजनीतिक पूँजीमा रुपान्तरण गर्न खोजिरहेकी नेपाली कांग्रेसकी मीना खरेल । चितवन २ अब केबल एउटा निर्वाचन क्षेत्र मात्रै नभएर, प्रतिष्ठाको लडाईको, मापनको मानक बन्दैछ । घण्टीको रालो चुडिन्छ् कि ,पुराना दलका नेताको मथिङग हल्लिने गरि टाउकोमा बज्छ अब व्यालेटले निर्धारण गर्नेछ । यद्यपी बालेनको आगमन र नागरिकमा चलेको नयाँको लहरले रवि झन शक्तिशाली भएर उदाएको छनक दिएको छ ।
दुई–दुई पटक भारी मतले विपक्षीलाई हराएका लामिछाने एजेण्डाले भन्दा पनि पपुलिजमले स्थापित हुने लाइनमा छन् । रास्वपाले नयाँ भएको भाष्यलाई जवरजस्त रुपमा जनताको माझमा पुु¥याइरहेको छ। मूलत: पुरानालाई धारेहात लगाएर उछितो काड्दै नयाँको नाममा भोट बटुुल्न रविको निति देखिन्छ ।
तर लामिछानेको चुनावी यात्रा त्यति सहज भने छैन । दोहोरो नागरिकता विवादका कारण यसअघि उपनिर्वाचनको बाध्यतामा चिवतन २ लाई हुलेका लामिछानेविरुद्ध अहिले पनि सहकारी ठगी आरोपका पाँच वटा मुद्धा विभिन्न जिल्लामा विचाराधिन छ । रास्वपाले यसलाई प्रतिसोध साधेको अर्थमा बुुझ्ने गरेको छ। अहिले उनले जितेर गएपनि सांसदको सपथ समेत खान नपाउने चर्चा चुुलिएको छ । अहिले चितवनमा उनको क्रेज जति त त्यति नै प्रश्न गर्नुपर्छ भन्ने सचेत मतदाता समेत बढेका छन् । जेनजी आन्दोलनका क्रममा आफ्नै नेतृत्वमा कैदीबन्दी भगाएको आरोप समेत लामिछानेले खेपिरहेका छन् ।
दुई पटकसम्म भारी मतले विजयी गराएर पठाउँदा पनि विकासको नाममा उनको भूूमिका नदेखिएको स्थानीयको आरोप छ । नेपाली कांग्रेसले उठाएको उम्मेदवार मीना खरेल रविका लागि अझ ठूलो चुनौती हुन सक्छिन् ।
भरतपुरबासी खरेलले पार्टीभन्दा माथि उठेर सामाजिक अभियान्ताका रुपमा गाउँ–ठाउँमै पुुगेर गरेको काम रविको गफको अगाडि भारी पर्न सक्ने अनुमान छ ।
सामाजिक रुपमा राम्रो छबि बनाएकी खरेल तीन दशकभन्दा बढी समयदेखि महिला, बालबालिका लगायतका क्षेत्रमा काम गर्दै आएकी छिन् । मानव बेचविखन नियन्त्रण, हिंसा प्रभावितको पुनस्र्थापना र महिला सशक्तिकरणको क्षेत्रमा योगदान पुर्याएकी खरेलले स्थानीय स्तरमा बसेर जनसमुदायमा गरेको कामको प्रभावका करण पनि मीनालाई रविको कडा प्रतिस्पर्धीको रुपमा हेरिएको छ । खरेल पनि आफूलाई मतदाताले पार्टीभन्दा माथि राख्ने दाबी गर्छिन् । रवि लामिछानेले दुई पटक जित्दा समेत चितवनमा संघीय बजेटमार्फत कुनै एउटा पनि काम नभएको दाबी गर्दै उनले आफ्नो प्रतिस्पर्धी केबल मतदाताको मन मात्र भएको तर्क गरेकी छन् ।
खरेललाई कमजोर नआके पनि रविको राजनीतिक छबि कमजोर पार्न उनलाई पनि सहज छैन । पुरानादलप्रतिको नागरिकको तिरष्कार र घण्टीको लहरका कारण मीनाको संसदीय यात्रा कठिन मोडमा छ । २०७९ मा दोस्रो स्थानमा रहेको कांग्रेस २०८० को उपनिर्वाचनमा रास्वपासँग प्रतिस्पर्धामा समेत आउन सकेको थिएन ।चितवन २ मा रवि र मिनासँगै एमालेबाट पनि युवा अस्मिन घिमिरे, नेपाली कम्युनिष्ट पार्टीबाट प्रताप गुरुङ र राप्रपाबाट जगदीश्वर अधिकारी चुनावि प्रतिस्पर्धामा छन् ।
यस्तो छ अघिल्लो निर्वाचनको अंकगणित
कांग्रेसको गढ भनेर चिनिने चितवनका तत्कालिन ४ निर्वाचन क्षेत्रमा २०५६ सम्म कांग्रेसको हालिमुहालि थियो । २०७९ सम्म आइपुग्दा कांग्रेसले तीनवटै निर्वाचन क्षेत्र गुमायो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका रवि लामिछाने भारी मतले विजयी भएका थिए । लामिछाने ४९ हजार ३ सय मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत ल्याएर दोस्रो स्थान बनाएका थिए । नेकपा एमालेका कृष्ण भक्त पोख्रेलले १४ हजार ६५२ मत ल्याएर तेस्रो स्थान बनाए भने चौंथो स्थामा रहेका राप्रपाका रविन अधिकारीले ९ सय ५५ मत मात्र पाएका थिए । दोहोरो नागरिकता मुद्दामा रवि लामिछानेले सबै सरकारी पद गुमाएपछि २०८० वैशाखमा चितवन २ मा उपनिर्वाचन भएको भयो ।नागरिकता विवाद सुल्झाएर उपनिर्वाचन लडेका रास्वपाका रवि लामिछानेले उपनिर्वाचनमा अझै बढी मत ल्याएर विजयी भए । उनले ५४ हजार १ सय ७६ मत प्राप्त गरेका थिए । उपनिर्वाचनमा एमाले र कांग्रेस भारी मतले पछि परेका थिए ।
Facebook Comments