झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नगरे आन्दोलन गर्ने एमाले अखिलको चेतावनी
मेयरसाप डेस्क
|
२०८२ फागुन ७ गते १२:४१
काठमाडौं । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्तालाई कारबारी नगरेको आन्दोलन गर्ने चेतावनी दिएको छ ।
दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा जलाएर लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा आघात पुर्याएको भन्दै अनेरास्ववियुले यस्तो चेतावनी दिएको हो ।
अनेरास्ववियुका अध्यक्ष दीपक धामीले विज्ञप्ति जारी गर्दै राजनीतिक मतभिन्नता लोकतन्त्रको स्वाभाविक विशेषता भए पनि फरक आस्था र विचारप्रति असहिष्णुता प्रदर्शन गर्दै अरुको आस्थामा आक्रमण गर्नु लोकतान्त्रिक संस्कार विपरीत भएको बताएका छन् ।
घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न अखिलको माग छ ।

Facebook Comments