Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

एमाले र रास्वपाबीच द्वन्द्व बढ्ने आँकलन, रास्वपाले रोक्यो रुपन्देहीको चुनावी सभा

User Image मेयरसाप डेस्क | २०८२ फागुन ७ गते १२:५४
Image of https://mayorsap.com/storage/photos/shares/rabi-balen.jpg

रुपन्देही । रास्वपाको शनिबार रुपन्देहीको भैरहवामा आयोजना गरिएको चुनावी सभा स्थगित भएको छ ।  दाङमा बिहीबार राति रास्वपाले एमालेको झण्डा जलाएपछि एमाले र रास्वपाबीच द्वन्द्व बढ्ने देखिएपछि रास्वपाले सभा स्थगित गरेको हो । 

तर पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा भने संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको उल्लेख छ ।

प्रदेशस्तरीय उक्त सभाका लागि पत्रकार सम्मेलन, प्रचार प्रसार र स्टेज निर्माणको काम समेत भइरहेको थियो । रास्वपा बिहीबार नै पत्रकार सम्मेलन गरेर १ लाख सहभागी जुटाउने जनाएको थियो ।


Facebook Comments