Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई फागुन २१ गतेको साधरण तारेख

User Image मेयरसाप डेस्क | २०८२ फागुन ७ गते १६:२५
Image of https://mayorsap.com/storage/photos/shares/sarbocha-1-1_2.jpg

काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले फागुन २१ गतेका लागि साधारण तारेख तोकेको छ। 

यसअघि कात्तिक १२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी १६ वटा रिटमाथि सुनुवाइ गर्दै विपक्षी पक्षलाई बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो। त्यसपछि नेकपा एमालेका केही सांसद र नेपाली काँग्रेसले अलग–अलग रूपमा थप रिट दायर गरेका थिए।

ती सबै रिटमा विपक्षीहरूबाट लिखित जवाफ पेश भइसकेको छ। तर हालसम्म अदालतले प्रारम्भिक सुनुवाइपछि साधारण तारेख मात्रै दिएको अवस्था छ। विस्तृत सुनुवाइ कहिलेबाट सुरु हुने भन्नेबारे भने टुंगो लागेको छैन।

रिट निवेदनमार्फत प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको जिकिर गर्दै उक्त निर्णय खारेज गर्न माग गरिएको छ। साथै वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति पनि असंवैधानिक भएको दाबी गर्दै राष्ट्रपतिबाट भएको निर्णयसमेत बदर गर्नुपर्ने माग समावेश गरिएको छ।


Facebook Comments