चुनावी अभियान रोकेर काठमाडौं फर्किएका बालेनलाई के भएको थियो ?
मेयरसाप डेस्क
|
२०८२ फागुन ७ गते १६:४५
काठमाडौं । चुनावी अभियानकै क्रममा अस्वस्थ भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह बिहीबार काठमाडौं फर्किएका छन्। सुदूरपश्चिमको धनगढीमा आयोजित सभामा सहभागी भएर सुर्खेतको वीरेन्द्रनगर पुगेपछि शाहको स्वास्थ्यमा समस्या देखिएको थियो।
बुधबार धनगढीको कार्यक्रम सकेर रास्वपा सभापति रवि लामिछानेसहितको टोली सुर्खेतमा वाचापत्र सार्वजनिक गर्ने कार्यक्रममा पुगेको थियो।
शाह सुर्खेतको कार्यक्रममा समेत तीन मिनेटभन्दा बढी बोलेनन् । शाह बुधबार रातिदेखि नै पेट दुख्ने, वान्ता हुने र अत्यधिक कमजोरी महसुस भएपछि राति करिब ३ बजे सुर्खेतस्थित कर्णाली केयर इन्टरनेशनल अस्पताल पुगेका थिए। त्यहाँ बिहान ६ बजेसम्म उपचार गराइएको बताइएको छ।
रास्वपाका एक नेताका अनुसार चिकित्सकले ट्राभल विकनेस र खानपानको असन्तुलनका कारण समस्या देखिएको भन्दै केही दिन आराम गर्न सुझाव दिएका छन्। सोही सल्लाहअनुसार शाह सुर्खेतको कार्यक्रम सकेर काठमाडौं फर्किएका हुन्।
Facebook Comments