दाङमा रास्वपा सम्पर्क कार्यालयमा एमाले कार्यकर्ताकाे तोडफोड
मेयरसाप डेस्क
|
२०८२ फागुन ७ गते २०:२८
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं. ३ को सम्पर्क कार्यालय एमालेका कार्यकर्ताले तोडफोड गरेका छन् । तुलसीपुरस्थित सम्पर्क कार्यालय शुक्रबार साँझ करिब ६ बजेतिर नेकपा एमालेका कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । रास्वपाका क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदीले पार्टी कार्यालय तोडफोड भएको जानकारी दिए ।
उक्त तोडफोडको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । जसमा युवा संघ र एमालेको नारा लगाउँदै केही युवाहरुले तोडफोड गरेको देखिन्छ । बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा स्वागत कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
त्यसपछि एमालेले सो विषयमा गम्भीर आपत्ति जनाएको थियो । सोही विषयलाई लिएर विवाद उत्पन्न भएको छ । त्यस विषयलाई एमालले कार्याकर्ताले तोडफोड गरेको हुन सक्ने आशंका गरिएकाे छ ।
यद्यपि प्रहरीले एमालेको झण्डामा आगनी गर्नेलाई समेत नियन्त्रणमा लिइसकेको छ । तुलसीपुर उपमहानगरपालिका ७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
Facebook Comments