Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

चार महारथीको शब्द ‘मुठभेड’ गगन–बालेन खुल्ला ‘वार’, ज्ञानेन्द्र–रवि ठूलो टक्कर, चौंकाउने दस्ताबेज (भिडियोसहित)

User Image मेयरसाप डेस्क | २०८२ फागुन ८ गते ०९:४५
Image of https://mayorsap.com/storage/photos/shares/maxresdefault-3.jpg

राष्ट्रिय राजनीतिमा ७ रेक्टरको भूकम्प जाने गरी शव्द युद्ध चर्किएको शक्तिसाली हरुको सवाल जवाफ । जसले सिंगो मूलुकको ध्यान खिचेको छ । यसमा राजादेखि प्रजा र, नेतादेखि कार्यकर्तासम्म जोडिएका छन् ।  

नम्बर–१  पूर्वराजा ज्ञानेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने 

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसंन्ध्यामा दिएको चुनाव लक्षित अभिव्यक्तिको चर्चा अझै सेलाएको छैन । बरु यो भित्रभित्रै भुुसको आँगो जस्तै झनझन फैलिदै गएको छ ।ज्ञानेन्द्रले मूलुक र जनताको विषयमा चिन्ता गर्दै अभिभावकका रुपमा असन्तुष्टिलाई सम्बोधन गरेर चुनावमा जानुपर्ने धारणा राखेका छन् । उनले अहिलेकै अवस्थामा चुनावमा गए फेरि अशान्ती र द्धन्द निम्तिन सक्ने खतरा रहेको भन्दै, निर्वाचनको अर्थ नहुने टिप्पणी गरेका छन् । 

पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तितर्फ लक्षित गर्दै रास्वपा सभापति रवि लामिछानेले आँगो ओकलेका छन् । रविले सांकेति संकेत गर्दै चुनावले निकास दिदैन भन्ने सुनेको छु ? केले दिन्छ निकास भन्दै, प्रतिप्रश्न गरेका छन् । निर्वाचनको मझेरीमा कर्णालीसभालाई सम्बोधन गर्दै गर्जिएका रविले जनताको हवाला दिएर रोड र भोट दुबैबाट निकासका लागि तयार रहेको अफरसहितको निर्मम चेतावनी दिएका छन् । यो सुनुहोस् ।

मूलत ः पूर्वराजा ज्ञानेन्द्र शाहले चुनाव हुनु हुदैन भन्ने भन्दा पनि, राष्ट्रिय समस्याको समाधान गरेर प्रक्रियामा जादा उचित हुने धारणा राखेका छन् । सायद रास्वापको उभारका बीच चुनाव विथोलिन सक्ने डरले पनि रवि आक्रामक देखिएका हुन सक्छन् । दुर्गा प्रसाईँ समूह पनि चुनाव भाड्ने गतिविधिमा सामेल भएका बेला, एकाएक पूर्वराजाको फरक स्टेटमेन्ट आउनुले पनि रास्वपा र सरकार नै दबावमा परेको बुझ्न सकिन्छ । बेहिसाबका रवि र पूर्वराजा, चुनावी अभिव्यक्तिले हिसाब किताबको बहि खाता पल्टाउने गरि आमनेसामने जस्तै भएका छन् । यस अभिव्यक्तिपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म बहस चर्किएको छ। समर्थकहरूले यसलाई लोकतन्त्रको पक्षमा कडा अडान भनेका छन् भने आलोचकहरूले अभिव्यक्तिलाई राजनीतिक ध्रुवीकरण बढाउने शैलीको संज्ञा दिएका छन्।


नम्बर–२ कांग्रेस सभापति गगन थापा र रास्वपा वरिष्ठ नेता बालेन शाह

गगन थापा र बालेन साहपनि टाढैबाट शव्दले मुखामुख जस्तै भएका छन् । बालेन साहले केही दिन अघि धनगढीको सभामा दिएको अव्यक्तिलाई लिएर बालेन–गगनबीच शव्द वार चलेको हो । बालेनले २ वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन । डेढ वर्षमा बन्नु प¥यो त्यो हाम्रो एजेण्डा हो भनेका छन् । उनले कामको स्प्रीडलाई प्राथमिकता दिएर एक्सनमा उत्रिने शैलीमा नभए, रुखमा बाँधेर हुन्छकी, बाटोमा सुताएर हुन्छकी ? खोरमा जाकेर हुन्छ बाटो बन्नु प¥यो भन्ने कुरामा जोड दिएका छन् । बालेनको यो अभिव्यक्तिलाई लिएर आलोचना सुरु भएको छ । निर्माण व्यवशायीहरुले आपत्ति नै जनाएका छन् ।

उरन्ठेउले पारामा बालहट देखाएका बालेनको यो शव्दलाई टेकेर गगन थापाले काठमाडौंबाट काउण्टर दिएका छन् । उनले ठोक्दीन्छु, घोक्र्याईदिन्छु भनेर बाटो नबन्ने र समयमा सडक बन्नका लागि ४१ बटा कानुन बदल्नु पर्नेमा जोड दिए ।

नम्बर–३ कांग्रेस सभापति गगन थापा र रास्वपा सभापति रवि लामिछाने
बाख्राकाण्डले बाफरे बाफ भएका गगनले नेगेटिभिटी भित्रबाट क्रियटिभीटी खोजेर गोट ब्राण्डिङ गरी रहेका बेला रविको सहकारीको प्रमाण पनि बुझाएका छन् । हरेक पटक रवि लामिछानेको सहकारीको प्रमाण खै भनेर प्रश्नको सामना गरिरहेका गगनले ठूलो भारीको ढाकर विसाएका छन् । उनले राष्ट्रियसभाबाट अदालतको आदेशलाई टेकेर रविविरुको सहकारी ठगी आरोपको प्रमाणका रुपमा केही तस्तावेज प्रस्तुत गरेका छन् । 

सम्वन्धको हिसाबले ३६ को आकडा भएका गगन र रवि राजनीतिक रुपमा नम्बरी दुश्मन जस्तै देखिन्छन् । रविको प्रश्नको लखेटाईमा परेका गगनले चुनावको समुखमा जनताबाट उठेका हरेक प्रश्नको उतर दिएर, नेता जवाफदेही हुनुपर्छ भन्ने सन्देश दिएका छन् । 


Facebook Comments