बनेपामा टिपर आगजनी गरेको आरोपमा १३ जना पक्राउ
मेयरसाप डेस्क
|
२०८२ फागुन ८ गते १८:१६
काभ्रे । बनेपामा टिपरमा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । गत फागुन ६ गते भएको सवारी दुर्घटनापछि आक्रोशित भिडले आगजनी गरेको घटनामा संलग्न रहेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
गत आइतबार बनेपामा बा प्र ०१–००४ क ३४२३ नम्बरको टिपरले बा प्र ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ३० वर्षीय चालक ओमन प्रधानको घटनास्थलमै मृत्यु भएको थियो । सोही घटनापछि स्थानीयले टिपरमा ढुंगामुढा गर्दै आगजनी गरेका थिए ।
पक्राउ पर्नेहरूमा विदुर बुढाथोकी, विकाश राय, श्याम मानन्धर, नवीन तामाङ, उमेश खत्री, सिजन श्रेष्ठ, सुदर्शन तिमिल्सिना, रामबहादुर माझी, रेनुशा मोक्तान, कविता रसाइली, सरोज पराजुली, रवि थापा र नगेन्द्र शाह रहेका छन् ।
Facebook Comments