देशभर पुन: मतदान गर्नु नपर्ने
No Author Assigned | २०८२ फागुन २१ गते २०:३७
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगबाट भर्खरै प्राप्त जानकारी अनुसार कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था देखिएको छैन।
निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजेदेखि सुरु भएको मतदान अधिकांश स्थानमा साँझ ५ बजेसम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। आयोगले देशभरका मतदान केन्द्रमा मतदाताले उत्साहजनक सहभागिता जनाएको जनाएको छ।
Facebook Comments