रास्वपा सभापति रवि लामिछाने आज सांसद अभिमुखीकरणमा सम्बोधन गर्ने
मेयरसाप डेस्क
|
२०८२ चैत ३ गते ०७:५२
काठमाडौं । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा' का नवनिर्वाचित सांसदहरूको आवासीय अभिमुखीकरण कार्यक्रम जारी छ।
कार्यक्रम मंगलबारदेखि सुरु भएको हो। त्यस बेला सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह उपस्थित हुन सकेका थिएनन्।
पार्टी स्रोतका अनुसार, आजको समापन कार्यक्रममा सभापति लामिछाने र वरिष्ठ नेता शाह सहभागी भई नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्ने तालिका रहेको छ।
अभिमुखीकरणको उद्देश्य सांसदहरूलाई पार्टीको नीति, विधान र संसदमा कार्यविधि सम्बन्धी प्रशिक्षण दिनु तथा भविष्यका कार्यक्रम र जिम्मेवारीबारे जानकारी गराउनु रहेको छ।
Facebook Comments