पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखक प्रहरीको २ नं गणमा

User Image मेयरसाप डेस्क | २०८२ चैत १३ गते १४:४३
Image of https://mayorsap.com/storage/photos/shares/ramesh-lekhak-1024x507.jpg

काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ ।

उनलाई आज बिहान भक्तपुरको कटुञ्जेस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । उनलाई २ नं गण महाराजगञ्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

जेनजी आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि उनी सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका थिए ।


Facebook Comments