अवरोधकैबीच वैकल्पिक विकास वित्त विधेयक पारित

प्रतिपक्षीको नाराबाजी

User Image मेयरसाप डेस्क | २०८३ जेठ ४ गते १८:५६
Image of https://mayorsap.com/storage/photos/shares/design.jpg

काठमाडौं । प्रतिपक्षी दलहरूको नाराबाजी र अवरोधकाबीच प्रतिनिधिसभाले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गरेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले निरन्तर अवरोध जनाइरहेका बेला सभामुख डोलप्रसाद अर्यालले बैठकलाई अघि बढाएका थिए । 

विरोधकै वातावरणबीच सभामुख अर्यालले उक्त विधेयक संसद्को अंग बनेको घोषणा गरेका हुन् । त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा पेश गरेका थिए । 

सभामुख अर्यालले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतबाट विधेयक पारित भएको घोषणा गरिएको थियो । विपक्षी दलहरूको विरोध जारी रहे पनि सरकारले संसद्को प्रक्रिया अघि बढाउँदै महत्वपूर्ण विधेयक पारित गराएको हो ।


Facebook Comments