पानीको अब्बल व्यवस्थापनमा हेटौंडा उपमहानगर

User Image राजन दहाल | २०८३ जेठ ५ गते १३:०९
Image of https://mayorsap.com/storage/photos/shares/water.jpg

हेटौंडा– हिँउदको समयमा पानीको खोजीमा भैतारिनु पर्ने हेटौंडेलीको बाध्यता टरेको छ । श्रोतको कमीका कारण उपमहानगर क्षेत्रमा बासोबास गर्ने बासिन्दाले पानीको खोजीमा घण्टौं यात्रा गर्नुपर्ने बाध्यता टरेको छ । 

पानीको व्यवस्थान गरिरहेको बोर्डले खानेपानीको सहज आपूर्तिका लागि काम गरिरहेको छ । हेटौंडा उपमहानगरापलिकाको दक्षिण क्षेत्रमा बासोबास गर्ने स्थानीय हिउँदको समयमा पानीको लागि चुरेको खोच सम्म पुग्नु पर्ने बाध्यता अहिले टरेको छ । केही समय अघिसम्म पानीको जोहोका लागि छिमेकी जिल्ला बारासम्म जानुपर्ने बाध्यता टरेको स्थानीयले बताए । पहिला त निकै समस्या व्यहोर्नु पर्थ्यो, बिगत केही बर्षदेखि पानीको लागि गनुपर्ने संघर्ष टरेको हेटौंडा–१५ चेपाङ बस्तिकी माया चेपाङले बताइन् । उनले भनिन् ‘ एक गाग्री पानीका लागि घण्टौं लगाएर मुहान खोज्दै बल्ल तल्ल पानी ल्याउँथ्यौं, पानीका लागि एक बिहान पुरै जान्थ्यो । अहिले त्यो समस्या भने टरेको छ ।’

पहिलाको तत्कालीन चुरियामाई गाबिसमा बढी मात्रामा खानेपानीको समस्या हुने गरेको थियो । उपमहानगर मातहत रहेको खानेपानी व्यवस्थापन बोर्डले पानीको व्यवस्थापन मिलाएपछि अहिले हेटौंडामा खानेपानीको समस्या हट्दै गएको छ । बोर्डले अहिले हेटौंडा उपमहानगरपालिकाका १२ र १३ नम्बर वडा बाहेक १७ वटा वडामा २९ हजार ७ सय ९ वटा धारमा मार्फन नियमित खानेपानीको व्यवस्थापन मिलाउँदै आएको जनाएको छ । पानीको श्रोतको व्यवस्थापन मिलाउँदै १ मुहान, ४० डिप ट्युवेल र १० वटा समवेल मार्फत दैनिक ३ करोड ७५ लाख लिटर पानी उत्पादन गर्दै आएको बोर्डले जनाएको छ । 

एक दशक अघिसम्म बिहान बेलुवा गरी न्युनतम समय आउँदा हुने हेटौंडाको मुख्य क्षेत्रमा पानीको समस्या रहँदा तत्कालीन खानेपानी संस्थानमा लाग्ने लाइन अहिले कथा जस्तै लाग्ने गरेको छ । बोर्डले अहिले बजार क्षेत्र बाहेकका ठाउँमा दैनिक ८ घण्टा नियमित खानेपानी बितरण गर्दै आएको छ । बोर्डले हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकारसँगको सहकार्यमा पूर्वाधार विस्तारमा उल्लेखनीय उपलब्धि पाएको छ । अहिले विभिन्न वडाहरुमा पाइपलाइन विस्तार, पुराना संरचनाको स्तरोन्नति, ट्यांकी निर्माण तथा मुहान संरक्षणको काम निरन्तररुमा भैरहेको बोर्डका अध्यक्ष प्रताप बिष्टले बताए ।

उनले उपमहानगरले नीति अनुसार उपमहानगरमा बासोबास गर्ने नागरिकलाई स्वच्छ पानी खुवाउनका लागि निरन्तर काम गरिरहेको बताए । पानीको गुणस्तर मापनका लागि ल्यावको व्यवस्थापन मिलाउँदै काम गरिरहेको उनको भनाई थियो । बोर्डले नगरको तीव्र शहरीकरणको बढ्दो मागलाई सम्बोधन गर्दै दीर्घकालीन योजना निर्माण गरी कार्यान्वयन ल्याएको छ । बोर्डले चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्ममा पानी महशुल १२ करोड १५ लाख मध्येमा ११ करोड ८७ लाख रुपैयाँ संकलग गरिसकेको जनाएको छ । हिउँदको समयमा चुरे क्षेत्रमा पानीको श्रोत सुक्ने भएकाले विशेष गरी तराई प्रदेशका छिमेकी जिल्लाहरु बारा, पर्सामा बढी मात्रामा पानीको समस्या हुने गरेको छ ।

नगरवासीलाई स्वच्छ पानी खुवाउँदै छौं : नगर प्रमुख

सहज रुपमा खानेपानी खुवाउने काममा उपमहानगर लागि रहेको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । खानेपानीकै कारण नागरिकलाई समस्या नहोस भन्ने उद्देश्य अनुसार हामीले धाराबाटै सिधैँ पिउन मिल्नेगरी खानेपानीको व्यवस्थापन मिलाउन खोजिएको जानकारी दिइन् । 

उपमहानगरले खानेपानीको सुविधाका लागि खानेपानी पाइप बिस्तार, ओभरहेड ट्यांकी निर्माण, उपभोक्ता समितिमाफर्त भएका कामलाई सहयोग गरी पानीको सेवा दिने कामलाई अघि बढाउँदै लगेको जानकारी दिइन् । खानेपानीको व्यवस्थापनका लागि उपमहानगरले ठूलो लगानी गरेको उनले बताइन् । 


Facebook Comments