घरभित्रै पसेर चितुवाको आक्रमण, पाँच मिनेटसम्म चितुवासँग जुधेर लालीदेवीले बचाइन छोरी
मेयरसाप डेस्क
|
२०८३ साउन २३ गते १२:११
भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा फेरि चितुवाको आतंक देखिएको छ । कतर्नियाघाट वन्यजन्तु डिभिजनअन्तर्गतको धनिया बेली गाउँमा घरभित्रै पसेको चितुवाले एक सुतिरहेका आमाछोरीमाथि आक्रमण गरेको हो ।
बिहीबार र शुक्रबारको मध्यरातमा २६ वर्षीया लालीदेवी आफ्नी सानी छोरीसँग घरमा सुतिरहेकी थिइन् । त्यही बेला अचानक घरभित्र पसेको चितुवाले उनीमाथि आक्रमण गरेको थियो ।
आक्रमणपछि छोरी र आफ्नो ज्यान जोगाउन लालीदेवी करिब पाँच मिनेटसम्म चितुवासँग भिडेकी थिइन् । उनको चिच्याहट सुनेपछि परिवारका अन्य सदस्य उठेर ठूलो आवाज गर्दै चितुवालाई भगाउने प्रयास गरेका थिए ।
त्यसपछि चितुवा जंगलतर्फ भागेको थियो । घाइते लालीदेवीलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
घटनापछि वन विभागको टोली गाउँमा पुगेको छ । चितुवाको खोजीका लागि कम्बिङ अभियान तीव्र पारिएको छ भने स्थानीयलाई विशेषगरी साँझपख एक्लै बाहिर ननिस्कन आग्रह गरिएको छ ।
बहराइचमा यसअघि गत मे मा एक आमाले चितुवासँग भिडेर आफ्नो ६ वर्षीय छोराको ज्यान बचाएकी थिइन् ।
लगातार चितुवाको आक्रमण हुन थालेपछि अहिले बहराइचका गाउँमा त्रसित बनेको छ ।
Facebook Comments