आफूहरु हार्ने जातै नभएको केपी ओलीको दाबी, बालेन सरकारलाई भने भवितव्य

User Image मेयरसाप डेस्क | २०८३ साउन ३१ गते १२:२३
Image of https://mayorsap.com/storage/photos/shares/kp oli.jpg

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा पार्टी कमजोर देखिएको भन्दै कार्यकर्तालाई सक्रिय हुन आग्रह गरेका छन्। ओलीले आफ्ना कार्यकर्तालाई नकारात्मक कमेन्टबाट नडराउन र गलत प्रचारको प्रतिवाद गर्न निर्देशन दिएका हुन् ।

शनिबार इलाममा एक बैठकलाई सम्बोधन गर्दै ओलीले सामाजिक सञ्जालको गलत प्रचारका कारण चुनावमा पार्टीले क्षति व्यहोरेको पुरानो निष्कर्ष दोहोर्याए।

उनले एमालेले कृषि, विकासलगायतका क्षेत्रमा धेरै काम गरे पनि ती उपलब्धिलाई ओझेलमा पार्ने गरी सामाजिक सञ्जालमार्फत देशभित्र र बाहिरबाट विरोधीहरू सक्रिय भएको दाबी गरे।


उनले खुकुरीका भरमा भिक्टोरिया क्रस पाउने, ज्यान फालेर लडेर विश्वव्यापी रूपमा वीरगोर्खालीको पहिचान बनाउने नेपाली फेसबुकमा एउटा स्टेटस लेखेर हार्ने? भन्दै प्रश्न गरेका छन् । उनले डिस्लाइक, लाइक, कमेन्ट र सेयर सम्म गर्न नसकेर हामी हार्ने ? भन्दै प्रश्न गरेका हुन् । उनले आफूहरु हार्ने जातै नभएको दाबी समेत गरेका छन् ।
त्यसैगरी ओलीले जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई ‘कठपुतली’ र ‘असंवैधानिक सरकार’ भन्दै आलोचना गरे।

बालेन शाह नेतृत्वको सरकारप्रति पनि आक्रोश व्यक्त गर्दै उनले यो सरकार कामको नभई भवितव्यको सरकार भएको टिप्पणी गरे।

ओलीले देश निर्माणका लागि कार्यकर्तालाई विचलित नभई सक्रिय भएर लाग्नसमेत आग्रह गरेका छन्।


Facebook Comments