ललितपुर महानगरमा चिकित्सकसहितको एम्बुलेन्स सेवा, स्वास्थ्यमन्त्री मेहताद्वारा शुभारम्भ

User Image मेयरसाप डेस्क | २०८३ भदौ ०१ गते १३:००
Image of https://mayorsap.com/storage/photos/shares/screenshot-2026-08-17-125938.png

ललितपुर । ललितपुर महानगरपालिकाले चिकित्सकसहितको एम्बुलेन्स सेवा सुरु गरेको छ। सोमबार आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्य मन्त्री निशा मेहताले उक्त निःशुल्क सेवाको शुभारम्भ गरेकी हुन्।

एम्बुलेन्सले फोन आएको १५ मिनेटभित्र घटनास्थल पुग्ने लक्ष्य राखेको छ। उक्त सेवा सञ्चालनका लागि ललितपुर महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच सहकार्य भएको छ। एम्बुलेन्सका लागि चिकित्सक उपलब्ध गराउने तथा उनीहरूको सेवासुविधाको खर्च महानगरपालिकाले व्यहोर्ने समझदारी भएको छ। बिरामीको इच्छा अनुसार उनीहरूले रोजेको अस्पतालसम्म पुर्‍याउने व्यवस्था गरिएको छ।

मन्त्री मेहताले ललितपुर महानगरले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएर उदाहरणीय कामको सुरुआत गरेको बताएकी छन्। एम्बुलेन्स सेवामा मेडिकल अफिसरसहितको सेवा सुरु गर्नु संसारकै थोरै देशहरूमा मात्र रहेको भन्दै उनले ललितपुर महानगरपालिकाले यो सेवा सुरु गर्नु सबैका लागि गर्वको कुरा रहेको समेत बताइन् । 

प्राविधिक वा यातायातका अवरोधका बिच स्वास्थ्यकर्मीले घटनास्थलमै पहिलो उपचार दिन सके ठुलो दुर्घटनाबाट जोगाउन सकिने उनको भनाइ छ। ललितपुर महानगरपालिकाको स्वास्थ्यसम्बन्धी पहलमा मन्त्रालयले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाएकी छन्।

 


Facebook Comments