Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

प्रचण्डले लिए दुुई सन्तानको अभिभावकत्व, प्रकाश भुजेलको गाडीको ठक्करबाट गुमाएका थिए अभिभावक

‘प्रचण्ड’ले ‘झाँक्री’ प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा ज्यान गुमाएका नगरकोटी दम्पतीका दुई छोरीको जिम्मेवारी लिने घोषणा गरेका हुन् ।

User Image Mayorsap | २०८१ मंसिर १२ गते ०७:४१
Image of storage/news/1732606907.png

काठमाडौं । पूूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘झाँक्री’ प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा ज्यान गुमाएका नगरकोटी दम्पतीका दुई छोरीको जिम्मेवारी लिने घोषणा गरेका छन् ।

मंगलबार प्रचण्डको सचिवालयले यसबारे जानकारी दिएको हो । कागेश्वरी मनोहरा नगरपालिका–२, आलापोटका ३८ वर्षीय नारायण नगरकोटी र उनकी जीवन संगिनी ३२ वर्षीया सानुमाया नगरकोटीको घरमै पुगेर प्रचण्डले पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले नगरकोटी दम्पतीका दुई छोरी गरिमा र अनु नगकोटीको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफू सँगै रहने प्रचण्डले बताएका छन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले अध्यक्ष क. प्रचण्ड हिजो (सोमबार) बेलुकी कागेश्वरी मनोहरा–२, आलापोट पुगेको बताएका छन । झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा ज्यान गुमाएका ३८ वर्षीय नारायण नगरकोटी र उनकी जीवन संगिनी ३२ वर्षीया सानुमाया नगरकोटीलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा समवेदना प्रकट गरेको बताएका छन । उनले नगरकोटी दम्पतिका दुई छोरी गरिमा र अनु नगरकोटी नानीहरूको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफू सँगै रहने बताएको जानकारी दिएका छन ।

झाँक्री भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको गाडीले गत कात्तिक २८ गते शंखरापुर नगरपालिका–९, साँखु–थली सडकखण्डमा बा प्र ०२–०१८ प ६८७५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

भुजेल हाल प्रहरी हिरासतमा छन् । घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

 


Facebook Comments