लम्कीचुहा नगरपालिकामा महोतसवको रौनक, नगरपालिका द्वारा ३ दिन विद्यालय बन्द गर्न निर्देशन
१४ देखि १६ गतेसम्म स्थानिय विदा दिएको पत्र मार्फत जानकारी
Mayorsap
|
२०८१ मंसिर १४ गते ०५:५६
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाले महोत्सवका लागि तीन दिन विद्यालय बन्द गर्न निर्देशन दिएको छ । बिहीबार आफू मातहत रहेका सरकारी तथा निजी विद्यालयलाई नगरपालिकाले लम्कीचुहामा आयोजना गरिएको महोत्सवको लागि शुक्रबार, शनिबार र आइतबार तीन दिन विद्यालय बन्द गर्न पत्रचार गरेको छ ।
लम्कीचुहा उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको महोत्सवका लागि विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्त भण्डारीले जानकारी गराएका छन् ।
नगरपालिकाभित्रका सबै संस्थागत तथा निजी विद्यालयलाई लम्कीचुहा उघोग बाणिज्य संघ लम्की कैलालीको पत्रानुसार लम्कीचुहा उघोग वाणिज्य संघको आयोजनामा ‘समुन्नत लम्कीचुहा आधार कृषि, पर्यटन, उघोग र व्यापार’ भन्ने मुल नाराका साथ यहि मंसिर ६ गते देखि १६ गतेसम्म संचालन भईरहेको “लम्की महोत्सव २०८१’ मा विद्यार्थीहरुका लागि विज्ञान प्रदर्शनी, विद्यार्थीहरुले विज्ञान प्रविधिबाट आविष्कार गरेका उपकरणको प्रदर्शनी तथा विधालय स्तरीय नृत्य प्रतियोगिता हुने भएको हुदा १४ देखि १६ गतेसम्म स्थानिय विदा दिएको पत्र मार्फत जानकारी गराएका छन ।
Facebook Comments