लिम्चुङबुङ गाउँपालिकामा स्थानीयबाहेकको मदिरा निषेध
पालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न गाउँकार्यपालिका बैठकले नै मदिरा, अन्य पेयपदार्थलगायत चुरोट, बिँडी, खैनी तथा गुट्का बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
No Author Assigned | एक बर्ष अगाडि
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले पालिकाभित्र उत्पादितबाहेकका सुर्ती, मदिराजन्य उत्पादन विक्री वितरणमा प्रतिवन्ध लगाएको छ । स्थानीय उत्पादन प्रवद्र्धन गर्न भन्दै यस्तो निर्णय गरिएको पालिकाले जनाएको छ ।
पालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न गाउँकार्यपालिका बैठकले नै मदिरा, अन्य पेयपदार्थलगायत चुरोट, बिँडी, खैनी तथा गुट्का बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । बाह्य उत्पादन बिक्रीमा प्रतिबन्ध लगाएसँगै स्थानीयस्तरमा उत्पादन हुने घरेलु कोदो, मकै, जुनेलो, फाफर, चिउरी तथा सुन्तलाबाट उत्पादन गरिएका मदिराजन्य पदार्थको कारोबारमा सघाउ पुग्ने पालिकाका अध्यक्ष राईको भनाइ छ ।
कार्यपालिका बैठकले निर्णय गरेपछि हाल ऐन बनाएर कार्यान्वयनमा ल्याइएको छ ।
Facebook Comments