Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

गुल्मीको मुसिकोट नगरपालिकामा भलिबल प्रतियोगिता हुँदै

User Image मेयरसाप सम्पादकीय | २०८१ पुष ८ गते ०१:१९
Image of storage/news/1734830360.jpg

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार बजारमा यही पुस १२ देखि २१ गतेसम्म  पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । दोस्रो मुसिकोट महोत्सवका अवसरमा मुसिकोट नगरपालिकामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

गुल्मी मुसिकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिताको विजेताले रु दुई लाख एक हजार, दोस्रो हुनेले रु एक लाख एक हजार र तृतीय हुने टोलीलाई रु ५१ हजार पुरस्कार प्रदान गरिने महोत्सवका खेल संयोजक लक्ष्मण फुल्लेलले जानकारी दिए ।

प्रतियोगितामा एक दर्जनभन्दा बढी टोली सहभागी हुने बताइएको छ । महोत्सवमा भलिबलका साथै स्थानीय कृषि उपज, स्थानीय घरेलु वस्तु, शैक्षिक सामग्री, स्थानीयस्तरमा रहेका परम्परागत झाँकीको प्रदर्शनी, नृत्य प्रतियोगितालगायत कार्यक्रम गर्न लागिएको गुल्मी मुसिकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपीकृष्ण खरेलले जानकारी दिए । 


Facebook Comments