Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

हरिपुर्वा नगरपालिकामा भवन बनेर पनि अलपत्र सञ्चालन हुन सकेन अस्पताल

नगरपालिकाका जनप्रतिनिधिबिचको टकरावले गर्दा जिल्लाको दक्षिणपूर्वी ग्रामीण भेगस्थित हरिपुर्वा नगरपालिका–२ मा निर्माण भएको सुविधासम्पन्न अस्पताल भवन सञ्चालन हुन नसकेको हो ।

No Author Assigned | २०८१ साउन २८ गते ०९:४३
Image of storage/news/1723715036.jpg

हरिपुर्वा नगरपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण भएको दुई वर्ष बितिसक्दा पनि अझै प्रयोगमा आउन सकेको छैन । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २ गते शिलान्यास गरेको यो अस्पताल दुई वर्षअघि नै निर्माण सम्पन्न भएको थियो ।

 

नगरपालिकाका जनप्रतिनिधिबिचको टकरावले गर्दा जिल्लाको दक्षिणपूर्वी ग्रामीण भेगस्थित हरिपुर्वा नगरपालिका–२ मा निर्माण भएको सुविधासम्पन्न अस्पताल भवन सञ्चालन हुन नसकेको हो । हरिपुर्वा–२ का वडाध्यक्ष दिनेश राय यादवले अस्पताल सञ्चालन नहुँदा गाउँका गरिब तथा विपन्न परिवारका मानिस बिरामी पर्दा महँगो एम्बुलेन्स भाडा तिरेर अन्यत्र जान बाध्य रहेको बताउछन ।


अस्पताल भवन निर्माणका लागि हरिपुर्वा नगरपालिका–२ का स्थानीय विनोद साहले १० कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए । तर, निर्माण भएको अस्पताल भवन भने दुई वर्षसम्म पनि अलपत्र परेपछि जग्गादाता साहसमेत चिन्तित भएका छन ।

 


 


Facebook Comments