Ad Image

विपद र डेङ्गीसहित महामारीको समस्या समाधान गर्न काठमाडौँ महानगरको २४ घण्टे हटलाइन सेवा सुरु, यसरी गर्न सकिन्छ सम्पर्क!

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1722331421.jpg

काठमाडौँ महानगरपालिकाले विपदजन्य जोखिम र डेङ्गी हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलबाट यो सेवा प्रदान हुनेछ ।

 

नियमित बर्षावाट सिर्जना हुने डुवान, वाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बलले काम गर्नेछन् ।

 

स्वास्थ्य विभागबाट डेङ्गी, हैजासहितका महामारीका रुपमा फैलिने रोगको उपचारका लागि परामर्श, सेवा शिफारिस र उपचार समन्वय प्रदान हुनेछ । यसका लागि पहिलो सम्पर्क स्थापित गर्न हटलाइन टेलिफोन २४ घण्टा खुला गरिएको छ ।