मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

सुनिता डंगोल

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

काठमाडौं महानगरपालिका

छाउगोठ हटाउन अछामका जनप्रतिनिधि काठमाडौँमा

अछामको १० वटै स्थानीय तहलाई छाउपडी तथा छाउगोठमुक्त बनाउनका लागि सशक्त र प्रभावकारी अभियान सञ्चालन गर्न सङ्घीय सरकार तथा अन्य सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्य आवश्यक भएकाले राजधानी काठमाडौँ पुग्नु परेको जनप्रतिनिधिले जनाएका छन् ।

Mayorsap

बिही, साउन १०, २०८१ | ०२:४० बजे

सरकारले छाउपडी अन्त्य गरेपनि अछामका अधिकांश गाउँबस्तीमा रहेकाले त्यसविरुद्ध गाउँदेखि केन्द्रसम्म दबाब दिन स्थानीय जनप्रतिनिधि सङ्घीय राजधानी काठमाडौँमा भेला हुने भएका छन् ।

 

अछामको १० वटै स्थानीय तहलाई छाउपडी तथा छाउगोठमुक्त बनाउनका लागि सशक्त र प्रभावकारी अभियान सञ्चालन गर्न सङ्घीय सरकार तथा अन्य सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्य आवश्यक भएकाले राजधानी काठमाडौँ पुग्नु परेको जनप्रतिनिधिले जनाएका छन् ।

 


मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले यो एक किसिमको दबाबमूलक कार्यक्रम भएको बताए । छाउपडी तथा छाउगोठ अन्त्यका लागि जनचेतना जगाउन तथा पीडित महिलाको न्यायका लागि स्थानीय तहसँग बजेट नभएको बताउँदै मर्यादित महिनावारीको विषयमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीलगायत मन्त्रालयका पदाधिकारीसँग छलफल गर्ने कार्ययोजना रहेको उनको भनाई छ ।

 


अछाम–१ बाट प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री शेरबहादुर कुँवर, अछाम–२ का प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, मङ्गलसेन नगरपालिकाका प्रमुख बोहरा, पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने, कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल, ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउद, तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसी, चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउद र बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष विन्दु रावलसहितको जनप्रतिनिधिको टोलीले छाउपडी प्रथालाई पूर्ण रूपमा हटाउन सङ्घीय सरकारको पूर्ण सहयोग आवश्यक रहेको बताएको छ । 


परम्पराकालदेखि जटिल बन्दै आएको छाउपडी प्रथाको अन्त्यका लागि आवश्यक पर्ने गतिविधि सञ्चालन गर्न बजेटको अभाव देखाउँदै जनप्रतिनिधिले सम्बद्ध मन्त्रालय तथा मन्त्री, प्रतिनिधि सभा सदस्यहरूसँग भेटघाट र छलफल गर्ने जनाएका छन् ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology