मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

सुनिता डंगोल

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

काठमाडौं महानगरपालिका

निस्दी गाउँपालिकामा ७० प्रतिशतले घट्यो बालविवाह

आर्थिक वर्ष २०७९/८० मा पालिकाका ७ वडाबाट २ सय ७६ जोडीले बालविवाह गरेकोमा आर्थिक वर्ष २०८०/८१ तथ्यांक घटेर ५२ जोडीले गैरकानुनी विवाह गरेको भेटिएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए ।

Mayorsap

बिही, साउन १०, २०८१ | ०४:५४ बजे

पाल्पाको निस्दी गाउँपालिकामा बालविवाह ७० प्रतिशतले घटेको तथ्यांक छ । निस्दीमा आर्थिक वर्ष २०७९र८० मा २७६ जोडीको बालविवाह भएकामा गत वर्ष ५२ जोडीको मात्रै बालविवाह भएको छ ।


आर्थिक वर्ष २०७९र८० सम्म लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहमध्ये पाल्पाको निस्दी गाउँपालिका सबैभन्दा धेरै बालविवाह हुनेमा सूचीकृत भएपछि यहाँका जनप्रतिनिधिले बालमैत्री स्थानीय शासन लागू गरेका थिए । स्वअनुरुप गत आर्थिक वर्ष ७० प्रतिशतले बालविवाह घटेको गाउँपालिकाले जनाएको छ ।


आर्थिक वर्ष २०७९/८० मा पालिकाका ७ वडाबाट २ सय ७६ जोडीले बालविवाह गरेकोमा आर्थिक वर्ष २०८०/८१ तथ्यांक घटेर ५२ जोडीले गैरकानुनी विवाह गरेको भेटिएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए । अघिल्लो आर्थिक वर्ष निगरानी गर्ने क्रममा पालिकाभित्रका ७ वडाबाट बालविवाह गर्ने ७ जोडीलाई फिर्ता गरिएको थियो । गत वर्ष पनि कम उमेरमा विवाह गर्नेहरु एकै दिनमा दुई जोडीसमेत फिर्ता गरिएको छ । यसअघि ५ जोडी फिर्ता गरिएको छ ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology