मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

सामुदायिक विद्यालय

छिन्नमस्ता गाउँपालिका

नलगाड नगरपालिका

खार्पुनाथ गाउँपालिका

केराबारी गाउँपालिका

बुक फ्री फ्राइडेका लागि १५ विधाका पाठ्यक्रम तर्जुमा गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरले सामुदायिक विद्यालयहरुमा अभ्यास गरिएका १५ विधामा काठमाडौँ विश्वविद्यालय र बुक फ्री फ्राइडे कार्यक्रम सञ्चालनका ५४ वटा साझेदार संघसस्थासँगको सहकार्यमा पाठ्यक्रम तर्जुमा गरिरहेको हो ।

Mayorsap

आइत, साउन १३, २०८१ | २०:०० बजे

पुस्तकरहित शुक्रबार (बुक फ्री फ्राइडे) कार्यक्रमको कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरुलाई सिर्जनात्मक सिकाइका लागि काठमाडौँ महानगरपालिकाले पाठ््यक्रम तर्जुमा गरिरहेको छ ।

 

काठमाडौं महानगरले सामुदायिक विद्यालयहरुमा अभ्यास गरिएका १५ विधामा काठमाडौँ विश्वविद्यालय र बुक फ्री फ्राइडे कार्यक्रम सञ्चालनका ५४ वटा साझेदार संघसस्थासँगको सहकार्यमा पाठ्यक्रम तर्जुमा गरिरहेको हो । सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाले, २०८० मंसिर २६ गते काठमाडौँ विश्वविद्यालयसँग नीतिगत सम्झौता गरेको थियो । सम्झौतामा उल्लेख भएको टिचर कलेज कार्यक्रमअन्तर्गत ६ वटा काम छन् । आवश्यकता पहिचान गर्ने, पाठ््यक्रम तथा शिक्षण सिकाइ विधि तयार गर्ने, अनुगमन मूल्याङ्कन, तथ्याङ्क र अभिलेखन र आगामी योजना निर्माण गर्ने काम विश्वविद्यालयले गर्ने उल्लेख छ । यही सम्झौताका आधारमा काम भइरहेको हो ।

 

२०८० सालमा कक्षा ९ का विद्यार्थीहरुलाई शिक्षामा सिप कार्यक्रम सञ्चालन गरेर नमूनाका रुपमा थालिएको बुक फ्री फ्राइडे कार्यक्रममा अहिले कक्षा ४ देखि १२ सम्म चलिरहेका छन् । विद्यार्थीको रुचि र संख्या, विद्यालयको भौतिक सुविधाअनुकुल हुने गरी प्रधानाध्यापक, शिक्षक र सम्बन्धित सरोकारवालाको पृष्ठपोषणका आधारमा हरेक विद्यालयमा एउटा बाल समूह र १५ वटा विधागत उपसमूह गठन गरिएका छन् । हरेक उपसमूहका लागि एक जना फोकल शिक्षक तोकिएको छ ।

 


यसरी सिकाइ भइरहेका विषयसँग सम्बन्धित उपसमूहमा बालबालिका तथा वातावरण (वावा), विज्ञान, प्रविधि, इञ्जिनियरिङ्, आर्टस् र गणित (स्टिम), भित्ते चित्र (म्युरल), संस्कृति र सम्पदा, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापनसहितका १५ विधा छन् । एनिमेसन र गेमिफिकेसन, नाट््य, व्यक्तित्व विकास, उद्यमशील सोच, पठन संस्कार, योग, संगीत तथा नृत्य, ड्रोन, र कोड उपसमूहका विधा हुन् । यी विषयको शिक्षण विधिमा एकरुपता कायम गर्न र मूल्याङ्कन प्रणालीलाई बैज्ञानिक बनाउन पाठ्यक्रम तर्जुमा गर्न लागिएको हो । बुक फ्री फ्राइडेअन्तर्गत महानगरपालिकाभित्र सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ, कक्षा ९ देखि १२ सम्म शिक्षामा सिप कार्यक्रम सञ्चालन हुने गरेको छ । यसमा १० विधा छन् ।

 

 

 

 

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology