तिला गाउँपालिका–१मा चार करोड खर्चेर खानेपानी आयोजना बनाइँदै
गत आर्थिक वर्षमा पालिकाले छ करोडको ठेक्का आह्वान गरेकामा चार करोडमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको छ ।
Mayorsap
सोम, साउन २१, २०८१ | ०३:२५ बजे
तिला गाउँपालिका–१ रारागाउँमा चार करोडको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ ।
गत आर्थिक वर्षमा पालिकाले छ करोडको ठेक्का आह्वान गरेकामा चार करोडमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको छ ।
गाउँपालिका प्रविधिक शाखाका प्रमुख धनप्रसाद चौलागाईँका अनुसार तीन वर्षभित्रमा आयोजना पूरा गर्नुपर्नेछ । पहिलो चरणमा आयोजनाका निम्ति आवश्यक पर्ने सामग्री खरिद गर्न सुरु भएको छ । आयोजनाका लागि सङ्घीय सरकारबाट विशेष अनुदानअन्तर्गत रु एक करोड ५० लाख प्राप्त भएको थियो । आयोजनाका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) बाट ९५ लाख र पालिकाले एक करोड १० लाख व्यहोर्नेछ ।
गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार आयोजना पूरा भएपछि तिलाका दुई सय ६० परिवार लाभान्वित हुनेछन् । तिला–६ बाट रारागाउँ मुहानसम्म १५ किलोमिटर लामो संरचना निर्माण गर्नुपर्नेछ ।