Ad Image

काठमाडौं महानगर र ललितपुर महानगरले सडकबत्तीको ५२ करोड तिर्न बाँकी

No Author Assigned | ११ महिना अगाडि
Image of storage/news/1722834776.jpg

काठमाडौं र ललितपुर महानगरपालिकाले सडकबत्तीबापतको ५२ करोड रुपैयाँ बिल भुक्तान गर्न बाँकी रहेको छ ।

 

विद्युत् प्राधिकरणका अनुसार काठमाडौं महानगरले २७ करोड र ललितपुर महानगरले करिब २५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

 

करिब १० वर्षसम्म पनि ठूला सडक क्षेत्रका बत्तीको बिल नतिरेपछि तीन महिनायता विद्युत् प्राधिकरणले स्थानीय तहहरूलाई बिल भुक्तानी गर्न ताकेता गरिरहेको छ । ताकेताअनुसार सीमित स्थानीय तह मात्रै सडकबत्तीको बिल तिर्न मञ्जुर भएका छन् ।

 

अधिकांशले हालसम्मको बिल मिनाहा गर्नुपर्ने, ठूला सडकमा रहेका बत्तीको बिल सडक विभागलाई तिराउनुपर्ने बताउँदै आएका छन् । उनीहरूले अब बिजुलीको बिल ६० प्रतिशत स्थानीय तहले तिर्ने र बाँकी विभागले तिर्ने गरी सम्झौता गर्नुपर्ने मागसमेत गरेका छन् । काठमाडौं र ललितपुरबाहेक पोखरा, भरतपुर, विराटनगर, वीरगन्ज महानगरलगायत सहरी क्षेत्रका अधिकांश स्थानीय तहले सडकबत्तीबापतको बिल तिर्न बाँकी छ ।