Ad Image

वीरगञ्ज महानगरको ''पारिश्रमिक र सुविधा''मा मात्र एक अर्ब खर्च

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1722844505.jpg

वीरगञ्ज महानगरपालिकाले पाश्रिमिक र सुविधामा मात्र करिब एक अर्ब रुपैयाँ सकेको छ ।

 

आर्थिक वर्ष २०७९/०८० मा वीरगञ्ज महानगरले पारिश्रमिक र सुविधामा मात्र ९९ करोड ८९ लाख ५३२ रुपैयाँ खर्च गरेको महालेखापरीक्षक कार्यालयको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

 

यो अघिल्लो आर्थिक वर्ष तुलनामा १८ करोड ४० लाखभन्दा बढी हो । २०७८/७९ मा पारिश्रमिक र सुविधामा ८१ करोड ४८ लाख ४० हजार ५२८ रुपैयाँ पारिश्रमिक र सुविधामा खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।