Ad Image

शिक्षक र कर्मचारीलाई दलको सदस्यता लिन रोक्दै कमल गाउँपालिका

No Author Assigned | ११ महिना अगाडि
Image of storage/news/1722911520.jpeg

झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ ।

 

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन तथा नवीकरण गर्न नपाउने बताएका छन् ।

 

पालिका अध्यक्ष राईले  शिक्षा ऐन, २०२८ (संशोधनसहित) १६ (ङ) को उपदफा (५) को खण्ड (छ) शिक्षक वा कर्मचारीले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेमा पद मुक्त गरिने र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२ं) को खण्ड (ग) अनुसार शिक्षक वा कर्मचारीले कुनै पनि दलको सदस्यता लिन नपाउने प्रावधान रहेको उल्लेख गर्दै पालिकाले अब त्यसलाई कडाइका साथ कार्यान्वयन गरिने बताएका छन् ।

 

शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको वा नवीकरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने सूचनामा उल्लेख छ ।