मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

बुटवल उपमहानरमा गुणस्तरहीन दुध बिक्री–वितरण

बुटवल उपमहानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्राविधिक टोली र उपभोक्ता हित संरक्षण मञ्चको उपस्थितिमा अनुगमन गर्दा दुधमा व्यवसायीले अत्यधिक मात्रामा पानी मिसाएर वा फ्याट झिकेर बेच्ने गरेको भेटिएको हो।

Mayorsap

मंगल, साउन २२, २०८१ | ११:३५ बजे

बुटवलका बजारमा गुणस्तरहीन दुध बिक्री हुने गरेको पाइएको छ।

 

बुटवल उपमहानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्राविधिक टोली र उपभोक्ता हित संरक्षण मञ्चको उपस्थितिमा अनुगमन गर्दा दुधमा व्यवसायीले अत्यधिक मात्रामा पानी मिसाएर वा फ्याट झिकेर बेच्ने गरेको भेटिएको हो। टोलीले बुटवलका दुध उद्योग, वितरण गर्ने सहकारी र डेरीका १० वटा नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको प्रयोगशालामा पठाएकोमा सबै नमुना फेल आएका उपमहानगरले जनाएको छ।

 


जाँच गरेका नमुनामा दुधबाट अधिक फ्याटको मात्र झिकिएको वा अधिक पानी मिसाएर बेच्ने गरेको पुष्टि भएको हो । सरकारले भैँसीको दुधमा न्यूनतम ५ प्रतिशत फ्याट र एसएनएफ आठ, गाईको दुधमा ३।५ प्रतिशत फ्याट र एसएनएफ सात तथा मिक्स दुधमा ३.५ प्रतिशत फ्याट एसएनएफ मात्रा आठ तोकेको भएपनि बुटवल उपमहानरमा १.८ प्रतिशत मात्रै फ्याट भएको दुध बिक्री–वितरण भइरहेको छ।

 


दुधको गुणस्तरमा कमी आएको गुनासो आउन थालेपछि उपमहानगरपालिकाले पछिल्लो समय डेरीको अनुगमनलाई तीव्रता दिएको उपप्रमुख सावित्रादेवी अर्यालले बताएकी छन । दुधको अवस्थाका विषयमा पहिले डेरी व्यवसायीलाई सचेत गराउने र त्यसपछि पनि मापदण्डविपरीत मापदण्डविपरीत दुध बेच्नेलाई १० हजार रुपैयाँसम्म जरिवाना लिन सक्ने व्यवस्था रहेको अर्यालले जानकारी दिइन्।

 

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology