मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

जलजला गाउँपालिका : आफ्ना किसानलाई मल बिउ दिन्छ अनि भएको उत्पादन पनि आफै खरिद गरिदिन्छ

जलजला गाउँपालिकाले १० लाख ७५ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको किसानले फलाएको आलुको बीउ खरिद गरेको छ ।

Mayorsap

शुक्र, साउन २५, २०८१ | ११:४७ बजे

पर्वतको जलजला गाउँपालिकाले किसानले उत्पादन गरेको उत्पादनलाई आफैं खरिद गर्न थालेको छ।


जलजला गाउँपालिकाले १० लाख ७५ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको किसानले फलाएको आलुको बीउ खरिद गरेको छ । किसानले गत आर्थिक वर्षमा आलुको मूल बीउ उत्पादन गरेका थिए । गाउँपालिकाको कृषि शाखाका अधिकृत राजु गौतमका अनुसार पालिकाले बीउ आलु बिक्री गरेका किसानलाई १० लाख ७५ हजार ४७० रुपैयाँ भुक्तानी गरेको हो ।

 

जलजला–६ शालिजाका तीन कृषक समूहले उत्पादन गरेको ३५ हजार ४७० किलोग्राम बीउ आलु स्थानीय तहले खरिद गरेको हो । प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको २ हजार २७० किलो  मूलबीउ प्रतिकिलो ३५ रुपैयाँका दरले ७९ हजार ४७० मा खरिद गरेको छ । नमूना र प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको ३३ हजार २०० किलो पहिलो पुस्ताको बीउ ९ लाख ६ हजार रुपैयाँमा खरिद गरेको हो ।

 

बीउ उत्पादन गर्ने सबै किसानलाई जलजलाले नगद उपलब्ध गराएको छ । किसानबाट खरिद गरेको बीउ पोखरामा रहेको चिस्यानगृहमा भण्डारण गरिएको छ । बीउ, मल र उत्पादन सामग्री उपलब्ध गराउने गाउँपालिकाले किसानले उत्पादन गरेको आलुको मूल बीउ पनि खरिद गरिदिएको कृषि शाखाका अधिकृत  गौतमले बताए । गाउँपालिकाले किसानबाट बर्खायाममा खरिद गर्ने बीउ चिस्यानगृहमा भण्डारण गर्ने र हिउँदमा उनीलाई नै बिक्री गर्ने गरेको छ ।

 

आलुको बीउ बिक्री गरेर जलजला गाउँपालिकाले गत आव २०८०/८१ मा २९ लाख ७१ हजार आम्दानी गरेको छ । गाउँपालिकाको आन्तरिक आम्दानीको २२ प्रतिशत आलुको बीउ बेचेर भएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ६६ हजार ७० किलो उन्नत बीउ बिक्री गरी  २९ लाख ७१ हजार राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले किसानबाट खरिद गरेको आलुको बीउ ५० प्रतिशत अनुदानमा किसान र कृषि ज्ञान केन्द्रमार्फत सिफारिस भएका कृषक समूह तथा म्याग्दी, कास्कीलगायत जिल्लाका किसानलाई ३५ हजार ९७७ किलो बीउ बिक्री गरी २१ लाख ९८ हजार रूपैयाँ आम्दानी गरेको छ ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology