Ad Image

मध्यपुर थिमि नगरपालिकाले ‘मध्यपुर थिमि महोत्सव’ गर्ने (सूचनासहित)

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1723975787.jpeg

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले मध्यपुर थिमि महोत्सव आयोजना गर्ने भएको छ । गत बिहीबार बसेको नगर कार्यपालिका बैठकले तीन दिन मध्यपुर थिमि महोत्सव गर्ने निर्णय गरेको हो ।

 

नगरपालिकाका प्रवक्ता कृष्ण हरि आचार्यका अनुसार आउँदो पुस १२, १३ र १४ गते तीन दिन मध्यपुर थिमि महोत्सव आयोजना गर्ने निर्णय भएको छ ।


महोत्सवमा मध्यपुर थिमिको पहिचानसहित स्थानीय मौलिक उत्पादनदेखि विभिन्न कला संस्कृतिबारे जानकारी गराउने तयारी छ । साथै महोत्सवबारे नगरपालिकाले सरोकारवाला तथा विज्ञहरुसँग छलफल गरेर थप निर्णयसहित तयारी गर्ने भएको छ ।