घोडाघोडी नगरपालिकामा दिगो जीविकोपार्जन परियोजना लागू


कैलालीको घोडाघोडी नगरपालिकामा दिगो जीविकोपार्जनका लागि समावेशी विकास परियोजना लागू भएको छ। आइतबार सुरु गरिएको यो परियोजना आगामी छ महिनासम्म सञ्चालन हुनेछ।
नगर प्रमुख खड्क रावतले परियोजनाले वातावरणीय दिगोपनमा समुदायको क्षमता वृद्धि गर्ने विश्वास व्यक्त गरेका छन । परियोजनाले जैविक प्रविधि प्रवर्द्धन, बहुकृषि प्रणाली, वाली विविधीकरण, जमिन र पानीको बहुउपयोगमा समुदायको बानी परिवर्तन गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागीहरूले परियोजनाको अवधि थप गर्न सुझाव दिएका छन्। कृषि शाखाकी सुमित्रा शाहीले थप उपलब्धि हासिल गर्न परियोजना अवधि बढाउन आवश्यक रहेको बताईन ।
यस परियोजना घोडाघोडी नगरपालिकाका वडा नम्बर ४, ५, ८ र १० मा लागू हुनेछ। याक नेपालले नगरपालिकाको समन्वयमा सञ्चालन गर्ने यो परियोजनामा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग रहेको छ।