मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

नेपाल नेशनल हस्पिटलको फोहर व्यवस्थापनमा चरम लापरवाही

काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आज गरेको अनुगमनमा अस्पतालले जोखिमपूर्ण फोहरको व्यवस्थापनमा चरम लापरवाही गरेको पाइएको हो।

Mayorsap

सोम, भदौ १०, २०८१ | १४:४४ बजे

काठमाडौँको कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलमा फोहर व्यवस्थापनको अवस्था अझ खराब देखिएको छ। काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आज गरेको अनुगमनमा अस्पतालले जोखिमपूर्ण फोहरको व्यवस्थापनमा चरम लापरवाही गरेको पाइएको हो।

 

अनुगमनका क्रममा अस्पतालले अटोक्लेभ मेसिनको प्रयोग नगरी फोहरलाई अनियमित रूपमा राखेको देखियो। फोहर व्यवस्थापन गर्ने स्थानमा असुरक्षित रूपमा काम गरिरहेका कर्मचारीहरू पिपिइ, पञ्जा, र बुटबिना नै कार्यरत थिए, जसले मानव स्वास्थ्यमा गम्भीर जोखिम बढाएको छ।

 

महानगरले गएको वर्ष अनुगमनका क्रममा अस्पताललाई फोहर व्यवस्थापन सुधार्न निर्देशन दिएको थियो। तर, यस वर्षको अनुगमनमा समेत सुधारको कमी देखिएपछि अस्पतालको फोहर संकलनमा रोक लगाइएको छ।

 

त्यस्तै, सहिद मेमोरियल अस्पतालको अनुगमनमा भने फोहर व्यवस्थापनमा केही सुधार देखिएको छ। अस्पतालले अटोक्लेभ मेसिनको संख्या बढाएर ठूलो कोठामा सार्ने जस्ता सुधार गरेका छन्। तथापि, पूर्ण रूपमा सुधार गर्न अझै केही कदम उठाउनु आवश्यक रहेको अनुगमन टोलीले बताएको छ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology