मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

१३ वर्षदेखि प्रयोगविहीन शीतभण्डारको विकल्प खोज्दै इलाम नगरपालिका

शीतभण्डार सञ्चालन गर्न पाँच–छ जनासँग कुराकानी भए पनि कसैले निरन्तरता नदिएको नगरपालिकाका इन्जिनियर दीपक गुरागाईँले जानकारी दिए ।

Mayorsap

बुध, भदौ १२, २०८१ | १४:४३ बजे

इलाम सदरमुकाममा १३ वर्षअघि निर्माण सम्पन्न भएको शीतभण्डार अहिलेसम्म प्रयोगविहीन रहेको छ। भारतीय दूतावासको सहयोगमा पाँच करोड ४९ लाख ६७ हजार ६ सय ४६ रुपियाँको लागतमा २०६८ चैतमा निर्माण सम्पन्न भएको शीतभण्डारमा एक मात्र कोठा (चेम्बर) भएकाले सञ्चालनमा समस्या आएको हो। 

इलाम नगरपालिकाले शीतभण्डारलाई उपयुक्त रूपमा प्रयोग गर्न विकल्प खोजिरहेको छ। नगरपालिकाकी उप–प्रमुख विष्णुकुमारी दाहालका अनुसार शीतभण्डार सञ्चालन गर्न धेरै पटक प्रयास भए पनि सफल हुन नसकेपछि अब उपयुक्त विकल्पको खोजी भइरहेको छ। शीतभण्डार सञ्चालन गर्न पाँच–छ जनासँग कुराकानी भए पनि कसैले निरन्तरता नदिएको नगरपालिकाका इन्जिनियर दीपक गुरागाईँले जानकारी दिए । 

शीतभण्डार सुन्तला, किवी, आलु, चिया, जडिबुट्टी, र अन्य तरकारी तथा फलफूलका लागि लक्षित गरी निर्माण गरिएको भए पनि अहिलेसम्म यसको पूर्ण उपयोग हुन सकेको छैन। हाल शीतभण्डारमा नगरपालिकाले पाइप र पुराना सामग्रीहरू थन्क्याएको छ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology