मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

वडाध्यक्ष

बालेन शाह

पोखरा महानगरपालिका

हेटौंडा उपमहानगरपालिका

२ सय ४५ स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी व्यवस्थापन गर्न नसक्दा देशभरका २ सय ४५ स्थानीय तहहरू प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा छन्। ७ सय ५३ स्थानीय तहमध्ये २ सय ४५ स्थानमा प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्न नसक्दा गाउँपालिकाहरू निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन्।

Mayorsap

सोम, भदौ १७, २०८१ | १४:१९ बजे

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी व्यवस्थापन गर्न नसक्दा देशभरका २ सय ४५ स्थानीय तहहरू प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा छन्। ७ सय ५३ स्थानीय तहमध्ये २ सय ४५ स्थानमा प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्न नसक्दा गाउँपालिकाहरू निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन्।

 

कर्मचारीको कमी, जनप्रतिनिधिसँगको टकराव, र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीको डरका कारण कर्मचारीहरू स्थानीय तहमा जान अनिच्छुक देखिएका छन्। यद्यपि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ सय ७ जना नयाँ शाखा अधिकृतलाई खटाउने तयारी गरे पनि झन्डै डेढ सय पालिकामा अझै अपुग देखिएको छ।

 

स्थानीय तहमा अनुभवी कर्मचारीको आवश्यकता भए पनि नयाँ कर्मचारीहरूलाई जनप्रतिनिधिहरूले कार्यालयमा हाजिर गर्न नदिने र मन्त्रालयमा फर्काउने घटनाहरूले समस्या थपिएको छ। मन्त्रालयले कर्मचारी व्यवस्थापनमा ध्यान नदिँदा स्थानीय तहमा सेवा प्रवाहमा कठिनाइ भएको छ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology