मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

वडाध्यक्ष

बालेन शाह

पोखरा महानगरपालिका

हेटौंडा उपमहानगरपालिका

दोरम्बा सैलुङमा पहिरोपीडितको अस्थायी बास

हाल विस्थापित परिवारहरू एक घरमा ६८ जनासम्म बसेका छन्, र गाउँपालिकाले महिलाहरू, बालबालिका, वृद्धवृद्धा, र सुत्केरीहरूलाई छुट्टै बस्ने व्यवस्था गरेको छ।

Mayorsap

सोम, भदौ १७, २०८१ | १३:२६ बजे

रामेछापको दोरम्बा सैलुङ गाउँपालिका-३, लेखर्कमा साउन ८ गते राति आएको पहिरोले विस्थापित भएका ५८ परिवार गाउँपालिका नजिकैको खाली घरमा अस्थायी रूपमा बसिरहेका छन्। 

 

पहिरोले पाँच घर बगाएको र बाँकी घरहरू उच्च जोखिममा रहेकाले गाउँपालिका-३ टोकरपुरका सबै परिवार विस्थापित भएका हुन्। गाउँपालिकाले छहराबारीको खेलकुद मैदानमा ५० वटा अस्थायी टहरा निर्माण गर्न थालेको छ। 

 

हाल विस्थापित परिवारहरू एक घरमा ६८ जनासम्म बसेका छन्, र गाउँपालिकाले महिलाहरू, बालबालिका, वृद्धवृद्धा, र सुत्केरीहरूलाई छुट्टै बस्ने व्यवस्था गरेको छ। स्थायी बसोबासको व्यवस्था गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology