मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

वडाध्यक्ष

बालेन शाह

पोखरा महानगरपालिका

हेटौंडा उपमहानगरपालिका

स्वामिकार्तिक खापर गाउँपालिकामा अर्गानिक स्याउ बजारमा

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको अर्गानिक स्याउ यतिबेला कर्णाली करिडोर हुँदै बजारमा पठाइँदैछ। गाउँपालिकामा स्याउ उत्पादन राम्रोसँग भइरहेको र ठेकेदारहरूले बारीमै आएर स्याउ खरिद गरी विभिन्न बजारमा बिक्रीका लागि लैजाने गरेका छन्।

Mayorsap

सोम, भदौ १७, २०८१ | १५:४७ बजे

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको अर्गानिक स्याउ यतिबेला कर्णाली करिडोर हुँदै बजारमा पठाइँदैछ। गाउँपालिकामा स्याउ उत्पादन राम्रोसँग भइरहेको र ठेकेदारहरूले बारीमै आएर स्याउ खरिद गरी विभिन्न बजारमा बिक्रीका लागि लैजाने गरेका छन्।

 

गाउँपालिकाको पहलमा यो वर्ष स्याउ उत्पादनको राम्रो व्यवस्था गरिएको छ। यसअघि स्याउ बिक्रीका लागि बजार नपाउँदा किसानहरूलाई समस्या हुने गरेको थियो। अब भने गाउँपालिकाले स्याउ उत्पादनलाई बढावा दिँदै बजार व्यवस्थापनमा सहयोग गरिरहेको छ। यसले गर्दा स्याउ किसानहरूलाई आर्थिक रूपमा लाभ मिलेको छ।

 

स्वामिकार्तिक खापर गाउँपालिका कृषि शाखाका प्रमुख विनोद शाहीका अनुसार, गाउँपालिकामा यस वर्ष करिब एक करोडभन्दा बढीको स्याउ उत्पादन भएको छ। स्थानीय जातका साथै गोल्डेन, रोयल, रेडडेलिसियस, गाला, र फुजी जातका स्याउ उत्पादन भइरहेको छ। गाउँपालिकाको जेवाले, सैडेओ, खुनका, लोकी, र जोरुमा स्याउको राम्रो उत्पादन भएको बताइएको छ।

 

गाउँपालिका अध्यक्ष भरत रोकायाले स्याउ खेतीलाई थप प्रोत्साहन गर्न र उत्पादनलाई बजारसम्म पु¥याउन सहयोग गरिरहेको बताए। यसले किसानहरूलाई आयआर्जनमा सहजता भएको छ।

 

अहिले कर्णाली करिडोरमार्फत स्याउ कैलालीको लम्की बजारमा बिक्री भइरहेको छ, र थप ३० ट्रक स्याउ जिल्लाबाहिरका बजारमा पुर्याउने तयारी छ। गाउँपालिकाको यो पहलले स्याउ खेतीलाई प्रोत्साहन गर्दै स्थानीय किसानहरूलाई आर्थिक रूपमा सबल बनाएको छ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology